गाडीको ठक्करबाट वरिष्ठ हवल्दारको मृत्यु

धनुषा, २० बैशाख । धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट ईलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत रहेका प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको छ ।

ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहका अनुसार सोमबार राती पूर्वपश्चिम लोकमार्ग अन्तर्गत ढल्केवर चोकमा हिँडेर प्रहरी कार्यालय जाँदै गरेका पराजुलीलाई गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ । ओखलढुंगाको चिंशखुगढी गाउँपालिका वडा नम्बर ५ घर भएका ३७ वर्षीय पराजुली तीन महिना अघि ईलाका प्रहरी कार्यालय ढल्केबरमा सरुवा भएर आएका थिए । पराजुलीको शव पोस्मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021