जीप दुर्घटना अपडेट : मृत्यु हुने तीनै जनाको परिचय खुल्यो

गाेरखा, २० बैशाख । गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेमा साेमवार बेलुकी भएकाे जीप दुर्घटनामा मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय गाेरखाका अनुसार मृत्यु हुनेहरूमा बारपाक सुलिकोट गाउँपालिका ५ का ५० वर्षीय देवीप्रसाद पोखरेल, कावासोती नगरपालिका १४ का ८० वर्षीय उत्तरकुमार सिग्देल र काठमाण्डौ महानगरपालिका १६ बनस्थली बस्ने ४५ वर्षीय पदम न्यौपाने रहेका छन । 

चितवनबाट जन्ती बोकेर आएको बा १४ च ७८१ नम्बरको जीप गाेरखाबाट चितवन फर्कने क्रममा हिजाे बेलुकी सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरे भिरबाट तल खसेको थियो । तीन जना यात्रु चढिसकेपछि अन्य दुई जनालाई चढाउनका लागि सहयोग गर्न जीप चालक सिट बाहिर ओर्लिएका बेला ओरालोमा रोकिराखेको जीप पछाडि सर्दै सडकबाट तल खसेको बताइएको छ ।

जीप चालक भरतपुर महानगरपालिका १८ धर्मपुरका घनश्याम लामिछानेलाई प्रहरीले पक्राउ गरेकाे छ । मृतकको शव पोस्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरूका लागि लक्षित गरी ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको

काठमाडौँ, ३ भदौ । माछापुछ्रे बैंकले ‘नेपाल नाई संघ’लाई क्यूआर कोड हस्तान्तरण गरेको छ । देशका हरेक वर्ग र तहका

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, २ भदौ । शेयर बजार आज झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021