आजबाट सबै मतपत्र छपाइ सकिने

काठमाडौँ, २० बैशाख । जनक शिक्षा सामग्री संस्था लिमिटेडले आजबाट सबै मतपत्र छपाइ सक्नेछ। निर्वाचन आयोगले दिएको निर्देशनअनुसार केन्द्रले तोकेको मितिमा सबै मतपत्र छपाइ पूरा गरेको हो। केन्द्रका प्रवक्ता चित्र आचार्यले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार आज मंगलबार बिहानसम्म सबै स्थानीय तहको मतपत्र छपाई पूरा हुनेछ। हिजो सोमबार जनक शिक्षाले पोखरा, विराटनगर र भरतपुर महानगरपालिकाको मतपत्र छपाई सुरु गरेको थियो।

मतपत्र छपाइपछि दुई दिन प्याकिङको काम सकेर २३ गतेसम्म देशैभरका निर्वाचन  कार्यालयमा मतपत्र पुगिसक्ने बताइएको छ। आयोगले उम्मेदवारको सङ्ख्या बढेको केही स्थानीय तहको मतपत्र पुनः छपाइ गर्न दिएको थियो। निर्वाचन आयोगले तीन दिनअघि ६ महानगर र भक्तपुरका ४ नगरपालिकाको मतपत्रको डिजाइन जनक शिक्षामा पठाएको थियो। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021