भक्तपुर, १९ बैशाख । मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिनुभएका शंकर कोइराला पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको छ ।
उहाँसँगै वडा सदस्य पदका उम्मेदवार किरण श्रेष्ठले पनि एकीकृत समाजबादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभयो । उहाँहरुलाई एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाले पार्टीमा स्वागत गर्नुभयो । एमाले प्रवेश गर्ने भएपछि उहाँहरूले नामावली फिर्ता गर्नुभयो । यो सँगै नेकपा एसले भक्तपुरमा झड्का लागेको छ । उहाँहरु एमालेमा प्रवेश गरेसँगै मध्यपुरमा नेकपा एसको यात्रा शुन्यता तर्फ धकेलिएको छ ।
