उद्योगहरूमा विद्युत आपूर्ति छिट्टै सहज हुनेछ: मन्त्री भुसाल

काठमाडौँ, १९ बैशाख । उद्योगहरूलाई परेको विद्युत आपूर्ति समस्या छिट्टै समाधान हुने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बताएकी छन्।

केही दिनयता ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा समस्या उत्पन्न भएपछि मन्त्री भुसालले आइतबार विद्युत प्राधिकरण र उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग छलफल गरेकी थिइन्।

उक्त अवसरमा मन्त्री भुसालले विद्युत आपूर्तिमा देखिएको समस्या क्षणिक भएको उल्लेख गर्दै भोलिदेखि नै आपूर्ति सहज हुने विश्वास दिलाइन्। ‘विद्युत आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन, विश्वव्यापी समस्या हो। नेपालको सन्दर्भमा यसलाई सल्टाउन सरकार प्रतिबद्ध भएर लागेको छ, चाँडै समाधान हुन्छ,’ उनले भनिन्।

विगतमा ऊर्जा सुरक्षाका लागि ठूला जलाशययुक्त आयोजना नबन्दा सुख्खा समयमा समस्या देखिने गरेको स्पष्ट पार्दै मन्त्री भुसालले केही दिनका लागि देखिएको समस्यालाई राजनीतीकरण नगर्न आग्रह गरिन्। ‘ऊर्जाकै कारण हामीले समस्या भोग्नुपर्दैन,’ उनले भनिन्, ‘विगतमा ऊर्जा सुरक्षालाई ध्यान नदिँदा क्षणिक समस्या आएको हो, आगामी दिनमा यस्ता समस्या सल्टिँदै जानेछन्।’

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले ऊर्जा प्रणालीमा देखिएको क्षणिक समस्या केही दिनमै हल हुने भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताए। ‘यो समस्या क्षणिक हो, राज्यले यसलाई सम्बोधन गर्छ,’ उनले भने। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय विद्युत आपूर्तिमा देखिएको समस्या सामान्य भएको भन्दै उद्योगी व्यावसायीलाई नआत्तिन आग्रह गरे। ‘अहिलेको समस्या दुई-चार दिनको हो, आत्तिनुपर्दैन, छिट्टै समाधान हुन्छ,’ उनले भने।

छलफलमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विद्युत आपूर्तिमा देखिएको समस्याबारे जानकारी गराएका थिए। महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले विद्युत आपूर्ति सहज तुल्याउन सरकार र निजी क्षेत्र सँगसँगै मिलेर काम गर्नुपर्नेमा जोड दिए। रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरूका लागि लक्षित गरी ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको

काठमाडौँ, ३ भदौ । माछापुछ्रे बैंकले ‘नेपाल नाई संघ’लाई क्यूआर कोड हस्तान्तरण गरेको छ । देशका हरेक वर्ग र तहका

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, २ भदौ । शेयर बजार आज झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021