इन्टरनेट सेवा बन्द नहुने व्यवस्था मिलाउन आयोगको निर्देशन

काठमाडौँ, १९ बैशाख । निर्वाचन आयोगले इन्टरनेट सेवा बन्द नहुने परिस्थित बनाउन निर्देशन दिएको छ ।

सोमबार पत्रकार सम्मेलनमा बोल्दै सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालले इन्टरनेट सेवा बन्द हुने अवस्था नआउने परिस्थिति बनाउन निर्देशन दिएको हो । शनिबार इन्टरनेट सेवा प्रदायक संघले एक विज्ञप्ति जारी गर्दै इन्टरनेट बन्द हुन सक्ने भन्दै चेतावनी दिएको थियो । आयोगले त्यस विज्ञप्तिको ध्यानाकर्षण भएको भन्दै त्यस्तो अवस्था आउन नदिन भनेको हो ।

निर्वाचनको समयमा इन्टरनेट सेवा अवरोध भएमा निर्वाचन व्यवस्थापनमा गम्भीर असर पर्ने आयोगले जनाएको छ । आयोगले भनेको छ, ‘मुलुकभर सबै स्थानीय तहमा एकै पटक निर्वाचन सम्पन्न गर्ने तयारी भएको अवस्थामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गम्भीर असर पर्ने भएकोले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बद्ध पक्षलाई यो अवस्था नआउने परिस्थिति बनाउन आयोग निर्देशन दिइन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकसाथ

काठमाडौँ, १ भदौ । अभिनेत्री परमिता आरएल राणाले बलिउड मिडिया तथा एजेन्सी पिंकभिल्लासँग सहकार्य गर्ने भएकी छन् । उनले मंगलबार

काठमाडौँ, १ भदौ । ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । प्रदीप खड्का स्टारर

काठमाडौँ, ३१ साउन । नेपाली कथानक चलचित्र ‘बुलबुल’ डिजिटल प्लेटफर्म अमेजन प्राइममा दर्शकले हेर्न पाउने भएका छन् । अमेरिका, युके, जापान,

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021