काठमाडौँ, १९ बैशाख । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न राजनीतिक दलहरूलाई सचेत गराएको छ ।
आयोगले सोमबार विज्ञप्ति जारी गरेर तीन पार्टीलाई सचेत गराएको हो । आयोगका अनुसार नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई सचेत गराएको छ । यस्तै आयोगले नेपाली काँग्रेसका नेता शशांक कोइरालालाई पनि सचेत गराएको छ । यस्तै आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको छ ।