काठमाडौँ, १९ बैशाख । कोरोना संक्रमणदर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।
पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकाले पूर्ण रूपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमणदर बढिरहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे । संक्रमणदर कम भएसँगै आमसर्वसाधारणले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न छोडेको भन्दै पुनः पालना गर्न आवश्यक रहेको बताए ।