मोरङ, १९ बैशाख । जिल्लाको कानेपोखरी गाँउपालिका–७ मा आइतबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ना ३ ख ६७६ नम्बरको ट्रकले हिजो साँझ साढे ६ बजे प्रदेश १–०२–०४९ प नम्बरको मोटरसाइकललाई ठक्कर दिदा विराटनगर महानगरपालिका–१६ का अन्दाजी २९ बर्षीय रुपक श्रेष्ठओ मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चालक श्रेष्ठको उपचारको क्रममा बिराटनगर स्थित न्युरो अस्पतालमा बेलुकी साढे ८ बजे मृत्यु भएको हो । ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय बेलबारी मोरङले नियन्त्रणमा लिएको छ ।