कांग्रेसका ५२ उमेदवारले दिए सामूहिक राजीनामा

गोरखा, १९ बैशाख । जिल्लाको पालुङटार नगरपालिकामा कांग्रेसका तर्फबाट उमेदवार भएका ५२ जनाले सामूहिक राजीनामा दिएका छन् ।

नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, महिला वडा सदस्य, दलित वडा सदस्य र दुई खुला वडा सदस्य गरी १० वटै वडाबाट उनीहरुले उमेदवारी दर्ता गराएका थिए ।

केन्द्रले गोरखामा जनता समाजवादी पार्टीलाई नेतृत्व दिने गरी परिपत्र गरेर उमेदवारी फिर्ता गराएपछि सबै उमेदवारले सामूहिक राजीनामा दिएका हुन् । सभापति शेरबहादुर देउवालाई जसपा संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दबाब दिएका कारण देउवाको दबाबमा उमेदवार फिर्ता गराइएको थियो ।

“निर्वाचन अधिकृतको कार्यालय पालुङटारले २०७९ वैशाख १६ गते दिनको ठिक ६ बजे प्रकाशन गरेको उमेदवारहरुको अन्तिम नामावलीमा नेपाली कांग्रेसको तर्फबाट उमेदवारी दिएका ५२ जनाकै नाम संलग्न रहेको जानकारीसमेत गराउन चाहन्छौँ,” सामूहिक राजीनामामा भनिएको छ,“विभिन्न सञ्चारमाध्यकमा आएका समाचारअनुसार जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइको दबाबकै कारण नेपाली कांग्रेस पालुङटारले आफ्नो नगर प्रमुख पदको उमेदवारी फिर्ता गर्न लगाउन खोज्नु आपत्तिजनक छ । यसको घोर भ्रत्सर्ना गर्दछ । यदि नगर प्रमुख पदको उमेदवारी फिर्ता गरि अन्य कुनै पार्टीको उमेदवारलाई समर्थन गर्नुपरेमा नेपाली कांग्रेस पालुङटार नगरपालिकाको सबै ५२ जना उमेदवारहरुकै सामूहिक रुपमा राजीनामा दिने निर्णय गर्दछौँ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ

काठमाडौँ, २४ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी

काठमाडौँ, २४ साउन । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५

काठमाडौँ, २४ साउन । निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हृदयेश त्रिपाठीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021