एमालेले गर्यो पाँच बागी उम्मेदवारलाई कारबाही

मकवानपुर, १९ बैशाख । नेकपा एमालेले आधिकारिक उम्मेदवारबाहेक बागी उम्मेदवारी दिएकाहरूलाई पार्टीका अन्य उम्मेदवारलाई कारबाही गरेको छ ।

मकवानपुरका विभिन्न स्थानीय तहमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएकाहरूलाई एमालेले कारबाही गरेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का विशालराज महत, मकवानपुरगढी गाउँपालिकाका कृष्ण कँडेल, हेटौंडा उपमहानगर वडा नम्बर ११ का अक्कल क्षेत्री, वडा नम्बर १९ का रत्न ब्लोन र रमेश पौडेललाई आइतबार साधारण सदस्य पनि नरहने गरी एमालेले कारबाही गरेको छ ।

एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठका अनुसार पार्टीका उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिनेलाई पार्टीबाट निस्कासन गरिएको हो । उनीहरूलाई उम्मेदवारी फिर्ता लिन समय दिइए पनि अस्वीकार गरेको देखिएकोले कारबाही गर्नुपरेको उहाँले बताउनुभयो । उहाँहरूले स्थानीय चुनावका लागि विभिन्न पदमा उम्मेदवारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021