गठबन्धन उम्मेदवारविरुद्ध बागी उठेकालाई माओवादीको अन्तिम मौका

काठमाडौँ, १९ बैशाख । नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध पार्टीबाट बागी उठेका नेता कार्यकर्तालाई अन्तिम मौका दिएको छ। यसअघि उम्मेदवारको नामावली फिर्ता लिने अन्तिम दिन वैशाख १६ सम्म बागी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको माओवादीले अर्को मौका दिएको हो।

कांग्रेसले उम्मेदवारी फिर्ता लिने अन्तिम दिन वैशाख १६ गते उम्मेदवारी फिर्ता नलिने पार्टीका बागी उम्मेदवारलाई स्वत: निष्कासनको निर्णय गरेर कारवाही गरेका बेला सत्ता गठबन्धनको अर्को दल माओवादीले भने वैशाख १९ गते सोमबारसम्मको समय दिएको हो।

माओवादी बागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले आइतबार वक्तव्य जारी गरेर सोमबार साँझ ५ बजेभित्र बागी (स्वतन्त्र) उम्मेदवार नभएको र आफ्नो मत पार्टीको आधिकारिक उम्मेदवारमै रहेको स्वघोषणा गर्न निर्देशन गरेका छन्। पार्टी र गठबन्धनको संस्थागत निर्णयमा प्रतिबद्ध रहेको स्वघोषणा गर्न पनि भनिएको छ।

‘उपरोक्त प्रक्रियामा सहभागी नहुने कमरेडहरुका सन्दर्भमा पार्टी विधान र बागमती प्रदेशले जारी गरेको निर्वाचन निर्देशिका २०७९ अनुसार कारवाही प्रक्रिया अगाडि बढाइनेछ,’ वक्तव्यमा चेतावनी दिइएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटालाई सदनबाट नै

चितवन, २२ साउन । चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक

काठमाडौँ, २२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताएका छन् । पुल्चोक

काठमाडौँ, २२ साउन । मुलुकको पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021