गठबन्धन गरी चुनावमा जानु राष्ट्रको आवश्यकता: वरिष्ठ नेता पौडेल

तनहुँ, १८ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन गरी चुनावमा जानु राष्ट्रको आवश्यकता भएको बताएका छन् ।

एक सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँद्वारा दमौलीमा आयोजित कार्यक्रममा पौडेलले एक्लै लड्दा सबै ठाउँमा जित हासिल गर्न मुश्किल पर्ने हुँदा कमजोर ठाँउमा गठबन्धन गर्न आवश्यक रहेको बताएका हुन् । गठबन्धन बीचको चुनावी तालमेलले राम्रो परिणाम ल्याउने उनको दाबी थियो ।

‘यही सरकारलाई संसदीय चुनावसम्म जोगाइराख्न गठबन्धन दलबीच चुनावी तालमेल गरिएको हो,’ नेता पौडेलले भने । लोकतन्त्र, स्थायित्व र उपलब्धिको रक्षा गर्न कांग्रेस गठबन्धन दलबीच तालमेल गरेर अगाडि बढेको उनको भनाइ थियो । देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउन श्रमिकले खेलेको भूमिका महत्वपूर्ण रहेको पनि नेता पौडेलले बताए ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, राष्ट्रियसभाका सदस्य प्रकाश पन्थ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, ट्रेड युनियन कांग्रेस तनहुँका अध्यक्ष सूर्यचन्द्र हड्खले, उपाध्यक्ष लोकराज सेढाइ लगायतकाले मजदुरको गाँस, बास र कपासको व्यवस्थाका साथै सामाजिक सुरक्षामा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटालाई सदनबाट नै

काठमाडौँ, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध भ्रष्टाचार

चितवन, २२ साउन । चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक

काठमाडौँ, २२ साउन । मुलुकको पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021