काठमाडौँ, १८ बैशाख । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विरोधीहरुलाई विजोग सँग हराउनेमात्र नभई जमानत नै जफत गर्ने उद्घोष गर्नुभएको छ ।
नेकपा एमाले मेलुङ्ग काठमाडौँ सम्पर्क मञ्जले आज काठमाडौँमा आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै नेता बस्नेतले एमालेलाई हराएर पहिलो पार्टी बन्ने सपना नदेख्न कांग्रेसलाई चेतावनी दिनुभयो । स्थानीय तहको निर्वाचनमा कांग्रेसले ६० प्रतिशत स्थानमा मात्र उम्मेद्वार दिन सफल भएको उल्लेख गर्दै उहाँले ४० प्रतिशत स्थानमा उम्मेदवार नै दिन नसक्ने कांग्रेसले एमालेलाई हराएर पहिलो पार्टी बन्ने दिवा सपनाको कुनै अर्थ नभएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘एमालेलाई हराएर पहिलो पार्टी बन्ने सपना बनाएको कांग्रेसले देशभर करिव ६० प्रतिशत स्थानीय तहमा मात्र उम्मेद्वार दिन सफल भएको छ । ४० प्रतिशत उम्मेद्वार दिन नै नसक्नेले एमालेलाई हराएर पहिलो पार्टी बन्ने दिवा सपना नदेखे हुन्छ । कांग्रेसले एमालेलाई ४० प्रतिशत ठाउँमा त एमालेलाई समर्पण नै गरिसकेको छ । बाँकी ६० प्रतिशत ठाउँहरुमा पनि एमालेले सानदारका साथ विजय हासिल गर्छ । त्यसैले अब कांग्रेसको रुख हेर्ने नभई एमालेको मुख हेरेर बस्ने अवस्था बन्ने छ ।’
जित्ने अभियानका क्रममा हामीले गर्नै पर्ने औपचारिक विधि बाहेक सम्पूर्ण कार्यहरु पार्टीले गरिसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘एमालेले चुनाव लड्दैछौं हैन, जित्दैछौं ।’ सत्रुलाई सानो ठान्नु हुँदैन भन्ने भनाईलाई आत्मसात गर्दै सत्रुलाई निर्ममतापूर्वक समाप्त पार्नुपर्ने उल्लेख गर्दै उहाँले एमालेका नेता तथा कार्यकर्ताले आगामी निर्वाचनमा एक भोट पनि खेर फाल्नु नहुने उल्लेख गर्नुभयो । उहाँले देश विकार गर्ने नभई एमाले हराउन बनेको गठबन्धनलाई धुलो चटाउने गरी निर्वाचनमा खट्न निर्देशन दिनुभयो ।
एमालेलाई ब्लाष्ट गर्ने योजनाका साथ आएका माधव कुमार नेपाल र प्रचण्ड गद्धार हुन, कांग्रेसको पुच्छर हुन पुगेको दावी गर्दै उहाँले गद्धार र क्रान्तिकारी एमाले बिचको लडाई चलिरहेको बताउनुभयो । आगामी निर्वाचनले गद्धार र क्रान्तिकारीलाई छुट्याएर जनताले प्रचण्ड, माधव तथा कांग्रेसलाई धुलो चटाउने दावी गर्नुभयो । गठबन्धनका दलहरु बजारमा पाउने सुन भन्दा कम छैन, हराएमा डर छैन भन्ने सुन जस्तै भएको उल्लेख गर्दै उहाँले एमाले २४ क्यारेटको सुन जस्तै भएको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सर्पलाई दुध दिएर पाल्नु र एमालेले प्रचण्ड र माधवलाई पाल्नु उस्तै हो, जसले जतिखेर पनि ठुङ्न आउँछ । अंजिङ्गर पालेर केपी ओलीले गल्ती गर्नुभएको भनि पार्टी एकताको सवालमा नै बुद्धिजीविहरुले सुझाव दिनुभएको थियो । नेपालको कम्युनिष्ट पार्टीको आन्दोलनलाई देशी विदेशी तत्वहरुको षड्यन्त्रमा प्रचण्ड र माधवले समाप्त गर्ने रणनीतिमा थिए तर केपी ओलीले उक्त षड्यन्त्र सफल हुन दिनुभएन ।’
नेपाली कांग्रेसमा सामाजिक न्याय भन्ने शब्द नै नभएको उल्लेख गर्दै उहाँले एमालेले वृद्धाभत्ता दिने, समाजमा भएका विकृति र विसंगति, हिंसा अन्त्य गराउने गरेको विगत नै साक्षी रहेको उल्लेख गर्नुभयो । अर्थमन्त्री जनार्दन शर्मा मुलुकको मन्त्री नभई व्यक्ति तथा पार्टीको लागि आर्थिक संकलन गर्ने कार्यमा मात्र लागि परिरहेको उल्लेख गर्दै उहाँले वर्तमान गठबन्धन सरकारका अर्थमन्त्री शर्माले मन्त्रालय संहलेसँगै मुलुकमा मुल्यवृद्धि, विभिन्न प्रकारकाका वस्तुहरुमा लगाईएको असमान कर, सुपारी आयात गर्न स्वस्कृति, व्यापार घाटा घट्दो रहेको साथै मुलुकका उद्योग व्यवसायीहरु निराश भइरहेको दावी गर्नुभयो ।
एमाले नेतृत्वको सरकारले गरेका जनमूखी कार्यहरुको उल्लेख गर्दै उहाँले एमालेको नेतृत्वको सरकारले दलाल पुँजीपतिको अन्त्य तथा राष्ट्रिय पुँजीको विकास गरेको बताउनुभयो । कांग्रेस नेतृत्वको सरकारमा भन्सारतिर नेपालको अर्थतन्त्र अत्याधिक ठगी हुने गरेको उल्लेख गर्दै उहाँले एमालेको सरकार आएसँगै भन्सारका विकृतिको अन्त्यदेखी विकासका आयोजनामा प्रतिष्पर्धाको आधारमा काम अगाडी बढाएको स्मरण गराउनुभयो । विकासमा एमालेको नेतृत्वमा अत्भुतपूर्व प्रगति हासिल गरेको उहाँले नेपाल भर विकासको आँधीवेरी नै सिर्जना गरेको बताउनुभयो । कांग्रेस नेतृत्वको सरकार भ्रष्टाचार, तस्कर, विकास विरोधी, युवा, दलीत, महिला, शिक्षा, स्थास्थ्यलगायतको विरोधी सरकार भएको गठबन्धनका दलहरुलाई भोट दिनु मुलुकलाई नै पाप गर्नु भएको उल्लेख गर्नुभयो ।