कांग्रेसका ६२३ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ, १८ बैशाख । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा मनोनयन दर्ता गरेका नेपाली कांग्रेसका ६२३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्मका गरी ६२३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । अब कांग्रेसका ३० हजार ६२८ उम्मेदवार कायम रहेका छन् ।

जसमध्ये नगरपालिका प्रमुखमा २६२, गाउँपालिका अध्यक्षमा ३७२ उम्मेदवार कायम छन् । नगरपालिका प्रमुखमा ३ र गाउँपालिका अध्यक्षमा १० जनाले उम्मेदवारी फिर्ता लिएका प्रवक्ता डा. महतले बताए । त्यस्तै नगरपालिका उपप्रमुखमा कांग्रेसका १९४ जना र गाउँपालिका उपाध्यक्षमा ३४० उम्मेदवार रहेका छन् ।

त्यस्तै ६ हजार ७४३ वडामध्ये कांग्रेसले ६ हजार ४३ वडाअध्यक्षमा मात्र उम्मेदवारी दिएको छ । प्रवक्ता महतले यो प्रारम्भिक विवरण मात्र भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ

काठमाडौँ, २४ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी

काठमाडौँ, २४ साउन । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५

काठमाडौँ, २४ साउन । निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हृदयेश त्रिपाठीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021