काठमाडौँ महानगरमा एमालेका ३ र कांग्रेसका १ जना वडा सदस्य निर्विरोध निर्वाचित

काठमाडौँ, १८ बैशाख । काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी ४ वटा वडाबाट दलित महिला सदस्य पदमा १र१ जनाको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो ।

यसरी निर्वाचित हुनेमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार छन् । वडा १८, २२ र २७ मा नेकपा एमालेबाट मात्र उम्मेदवारी परेको थियो भने वडा २३ बाट नेपाली कांग्रेसबाट मात्र उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021