भरुवा बन्‍दुकसहित ४ जना पक्राउ

रुपन्देही, १८ बैशाख । प्रहरीले ७ नाल भरुवा बन्‍दुकसहित ४ जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उजेरी पाल्पाली सामुदायिक वनभित्र भरुवा बन्दुकसहित देवदह नगरपालिका- ६ सताकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही नगरपालिकाका ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुन बहादुर आले र ३६ वर्षीय चेतबहादुर दर्लामीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ७ नाल भरुवा बन्दुक, सो बन्‍दुकमा लाग्‍ने १२९ पिस छर्रा, ३२७ ग्राम बारुद, ७५ पिस केप र २ थान फलामको चक्कु बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021