काठमाडौँ, १८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १० जना, ललितपुर ४ जना भक्तपुरमा भने थपिएको छैन । हाल काठमाडौँ उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४७ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २० जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, देशभर २१५ जना होम आइसोलेसनमा, ६ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।