मतदाताहरुमा विशेष अपिल : आउनुहोस्, यो चुनावमा उम्मेदवारलाई लिखित प्रतिज्ञा गराऔं

काठमाडौँ, १८ बैशाख । निर्वाचन नागरिकलाई सार्वभौम र स्वतन्त्र बनाउने अभियान हो । यसले नागरिकलाई विवेकपूर्ण तरीकाले आफूले चाहेको विकास र परिवर्तनको काम गर्नसक्ने योग्य र ईमान्दार जनप्रतिनिधि चयन गर्ने र उनीहरुको वाचा र काम प्रति वस्तुनिष्ठ निगरानी राख्ने अवसर दिन्छ ।

त्यसैले स्थानीय तहको चुनावमा भोट माग्न आउने सबै उम्मेदवारहरुले गर्ने बाचाहरुलाई लिखितम गरी राखौ । यसै लिखतको आधारमा निर्वाचित जनप्रतिनिधिहरुको कामको मूल्यांकन गरौं । यसले जनप्रतिनिधलाई जवाफदेहि र नागरिकलाई कर्तब्यनिष्ठ बनाई लोकतन्त्रलाई बलियो, नतीजामुखी र दीगो बनाउॅछ ।

लोकतन्त्रमा जनप्रतिनिधिहरू शासक हुँदैनन्, सेवक हुन्छन् । सेवकहरूलाई निश्चित सर्तमा आफ्नो काम गर्न निर्वाचनमार्फत जनता (मालिक) ले अनुबन्ध गर्छन् । तर हाम्रो सन्दर्भमा उल्टो भयो । त्यसैले उम्मेदवारहरूलाई नियन्त्रण गर्न र वाचाहरूप्रति प्रतिबद्ध बनाउन आवश्यक भयो । त्यसैले हामी सबैले भोटमाग्न आउने उम्मेदवारहरुसॅग संलग्न नमूना बमोजिम लिखित करारनामा गरौं । सहभागिमूलक लोकतन्त्र र जवाफदेहितालाई संस्थागत गरौ ।

नमूना करारनामा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका