काठमाडौँ, १८ बैशाख । स्थानीय तहको निर्वाचनको प्रचार कार्यक्रममा जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहाको नवराजपुर गाउँपालिका(१ का ६५ वर्षीय बद्री मोचीको निधन भएको हो । चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगे पनि निधन भएको हो ।
मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको । शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।