आचारसंहिता उल्लङ्घन गर्ने प्रमुख दल र नेतालाई निर्वाचन आयोगले सचेत गरायो

काठमाडौँ, १८ बैशाख । निर्वाचन आयोगले पालिका चुनावका लागि लागू गरेको आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दललाई सचेत गराएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दलले गएको चैत २६ गते काठमाडौँको भृकुटीमण्डपमा गरेको सभामा आचारसंहिता प्रतिकूल दलको झन्डा र बालबालिकाको प्रयोग गरेको विषयमा आयोगले छानबिन गरी आचारसंहिता विपरीत काम भएको ठहर समेत गरेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले पनि आचारसंहिता उल्लङ्न गरेको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको छ । माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ समेतको फोटो राखिएको चुनावी पोस्टर तयार गरी, प्रचारप्रसार गरिएको बारेमा आयोगले छानबिन गरेको थियो ।

आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि आचारसंहिता उल्लङ्घन गरेको भन्दै सचेत गराएको छ । राप्रपाले चैत २७ गते हेटौँडामा गरेको कार्यक्रममा आचारसंहिता प्रतिकूल गतिविधि गरेको आयोगको ठहर छ । साथै, नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालालाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सजग गराएको छ ।

२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारले पच्चीस लाख रुपैयाँसम्म खर्च गर्न सक्ने भए पनि प्रतिनिधि सभा सदस्य नवलपरासी (बर्दघाट सुस्तापूर्व) निर्वाचन क्षेत्र १ बाट निर्वाचित कांग्रेसका उम्मेदवार शशाङ्क कोइरालाले पेस गरेको खर्चको विवरणमा २१ लाख ७५ हजार रुपैयाँ आयोगमा रहेको अभिलेखबाट देखिएको तर कोइरालाले आफूले ६ करोड खर्च गरेको अभिव्यक्ति दिएका थिए ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021