शेरबहादुर देउवाको गृह जिल्लामा विद्रोही मल्लको एमालेसँग तालमेल

काठमाडौँ, १८ बैशाख । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाली काँग्रेसकै एक समूहले नेकपा (एमाले) सँग चुनावी तालमेल गरेर मैदानमा उत्रिएसँगै आसन्न स्थानीय तह निर्वाचन थप रोमाञ्चक बन्न पुगेको छ ।

जिल्लाका सातवटै स्थानीय तहमा एमालेसँग चुनावी तालमेल गरेर अघि बढेको नेपाली काँग्रेस डडेलधुराका असन्तुष्ट नेता कार्यकर्ताहरूको नेतृत्व नेपाली काँग्रेस डडेलधुराका निवर्तमान सभापति कर्णबहादुर मल्लले गरेका छन् । पछिल्लो एक दशक नेपाली काँग्रेस डडेलधुराको नेतृत्व गरेका मल्ल डडेलधुराको जिल्ला राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित छन् । 

२०४७ सालदेखि निरन्तर नेपाली काँग्रेसको राजनीतिमा सक्रिय मल्ललाई हाल नेपाली काँग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटालाई सदनबाट नै

चितवन, २२ साउन । चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक

काठमाडौँ, २२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताएका छन् । पुल्चोक

काठमाडौँ, २२ साउन । मुलुकको पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021