अछाम, १७ बैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले सत्तारुढ गठबन्धनमा काँग्रसले इमानदारिता नदेखाएको आरोप लगाएका छन् ।
कुँवरले आसन्न स्थानीय तहको निर्वाचनका लागि गठबन्धनमा समाजवादी पार्टी हदैसम्मको लचकता अपनाए पनि काँग्रेसले इमानदारिता नदेखाएका कारण तालमेल हुन नसके बताएका हुन् । काँग्रेस चेन अफ कमाण्डमा नचल्दा समाजवादी र माओवादी पार्टीले आ–आफ्नै हिसाबले उम्मेदवारी दर्ता गरेको उनले बताए । गठबन्धन भनेको लिने र दिने भए पनि काँग्रेसले त्यसलाई स्वीकार गर्न नसक्दा अछाममा त्यसको असर परेको उनको भनाई छ ।