विगतका नमूना कार्यक्रमलाई लिएर जनतामा जान महासचिव पोखरेलको निर्देशन

दाङ, १७ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले  एमाले सरकारमा हुँदा स्थानीय तह सञ्चालन गर्न सफल भएका नमूना कामलाई लिएर जनतामा जान कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एमाले घोराही उपमहानगर कमिटीले शुक्रबार घोराहीमा आयोजना गरेको चुनावी प्रशिक्षण कार्यक्रममा उनले विकास, राष्ट्रियता, स्वाधीनता र समृद्धिको रक्षा गर्ने पक्षमा गठबन्धन नदेखिएको भन्दै उनीहरुलाई जनमत प्राप्त गर्ने अधिकारसमेत नभएको बताए । स्थानीय तहको निर्वाचन विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने भन्दै उनले एमालेको एउटै उद्देश्य देश बनाउने र त्यसका लागि चुनावमा विजयी हासिल गर्ने भएको बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार नरुलाल चौधरीले विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएकाले अपूरा कामलाई पूरा गर्नका लागि पुनः निर्वाचनमा आएको बताए । घोराहीमा पाँच वर्षे कार्यकालमा नमूना काम गरेको र अब नागरिकलाई आर्थिकरूपमा सम्पन्न गर्ने योजनाका साथ आएको उनको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचन हुने तीनै क्षेत्रको उमेदवार टुंगो लगाएको छ ।  राप्रपाका प्रवक्ता मोहन

काठमाडौँ, १९ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीपीडितको समस्यालाई समाधान गर्न भइरहेको कामबारे ब्रिफ्रिङ गरेका छन् । आजको

काठमाडौँ, १९ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख

काठमाडौँ, १९ चैत । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र