काँग्रेसको चुनावी गीत सार्वजनिक: महामन्त्री शर्माद्वारा सात प्रस्ताव प्रस्तुत

काठमाडौँ, १६ बैशाख । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाली सांस्कृतिक संघले स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका पक्षमा चुनावी गीत सार्वजनिक गरेको छ ।

काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार महामन्त्री विश्वप्रकाश शर्माले गीत सार्वजनिक गर्नुभएको छ । सो गीत वरिष्ठ गीतकार कृष्णहरि बरालको शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत, राधिका हमाल, सुजाता केसी, शशीविक्रम थापा र आलिन खानको स्वर तथा मनोज केसीको निर्देशनमा तयार भएको हो ।

सो अवसरमा शर्माले निर्वाचनलाई लोकतान्त्रिक संस्कृति अनुरुप बनाउन सात प्रस्ताव अगाडि सारेका थिए । उहाँले चुनावमा प्रचारप्रसारलाई संयमित र मैत्रीपूर्ण बनाउनु पर्ने, विगतमा गरिएका गल्ती र कमजोरीका बारेमा जनतासँग माफी माग्नुपर्ने, आलोचना सुन्ने संस्कारको विकास गर्नुपर्ने, जनतालाई असम्भव सपना देखाउन नहुने, आचारसंहिता र संवैधानिक अधिकारको पालना हुनुपर्ने, अपारदर्शी र फजुल खर्च रोक्नुपर्ने र निर्वाचनको परिणामलाई स्वाभाविक रुपमा स्वीकार्ने परम्पराको थालनी गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तेहरान, १९ चैत । पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रूपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ

एजेन्सी, १८ चैत । मध्य अमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौँ घाइते

एजेन्सी, १७ चैत । दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले प्रहरीलाई

एजेन्सी, १७ चैत । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका छन् । पक्राउ परेका एभन ग्रेस्क्राेभीचलाई