सुन तस्करीमा संलग्न ५ जना पक्राउ

काठमाडौं, १६ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको शौचालय प्रयोग गरेर सुन तस्करीमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ छ ।

प्रहरीका अन्सुअर त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सफाइ कर्मचारीले हिमालय एयरलाइन्सको शौचालयबाट निकालेर ल्याउँदै गरेको सुन बरामद गरेको छ । सफाइ कर्मचारीको साथबाट २ किलो  ३३२ ग्राम  सुन बरामद गरिएको छ । ढकालका अनुसार सुन तस्करीमा संलग्न ५ जना पक्राउ परेका छन् । 

बिहीबार पाँचथर घर भएका मीनकुमार माबो, नुवाकोट घर भएका सुमन तामाङले सुन विमानको शौचालयबाट बाहिर ल्याएका थिए । सो सुन दुबईबाट तस्करले हिमालय एयरलाइन्सको शौचालयमा राखेर पठाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सफाइ कर्मचारीले सुन निकालेर कर्मचारी निस्कने गेटतर्फबाट निस्कँदै गर्दा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर घर भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशङ्कर घर भएका ४१ वर्षीय ट्याक्सी चालक हेम बहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिका सुपरभाइजर सप्तरी घर भएका ताराकान्त चौधरी छन् ।   माबो र तामाङ पनि सफाइ कर्मचारी हुन् । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको शौचालय प्रयोग गरेर सुन तस्करीमा संलग्न५ जनालाई प्रहरीले पक्राउ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । आजको प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।   प्रत्यक्ष प्रसारण (LIVE):

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मुलुकको स्थायी सरकार हाँक्ने प्रशासन कानुन चालु अधिवेशनबाटै

काठमाडौँ, १९ चैत । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतालाई आवश्यक पर्दा सरकारले नै ऋण उपलब्ध गराउने योजना रहेको बताएका छन्। मिटरब्याज

काठमाडौँ, १९ चैत । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।