काठमाडौँ, १६ बैशाख । नेपालको दोश्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आगमी जेठ २ गते बुद्ध पूर्णिमाको दिनदेखि विधिवत रुपमा सञ्चालनमा आउने भएको छ ।
हालै निर्माण सम्पन्न सो विमानस्थलमा उडान र अवतरण जाँच्नका लागि नेपाल वायु सेवा निगमको वाइडबडी विमानले सफलतापूर्वक परीक्षण उडान गरेको छ । नेपाल वायु सेवा निगमले नेपालकै दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलमा अपेरशनल डेमोन्स्ट्रसन फ्लाइट सफलता पूर्वक सम्पन्न गरेको छ ।
त्यसैगरी एयर ट्राफिकका कारण लामो समय काठमाडौंको आकाशमा होल्ड हुनुपर्ने विदेशी विमानहरुलाई छोटो दूरीमै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सहज अवतरण गराउन पनि सकिने भएको छ ।