सिन्धुपाल्चोकको सुनकोशीमा एमाले र माओवादी केन्द्रबीच तालमेल

सिन्धुपाल्चोक, १६ बैशाख । केन्द्रदेखी वडासम्म नै पाँच दलीय गठबन्धन गर्ने कांग्रेस, माओवादी, नेकपा एस, जसपा, जनमोर्चासहितका दलहरुले सहमति गरेता पनि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएको छ ।

केन्द्रीय स्तरमा बनेको सत्तारुढ गठबन्धनको विपक्षमा गएर सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्ने निर्णय गरेको हो । आगामी वैशाख ३० गते हुने निर्वाचनमा सुनकोशीको अध्यक्ष एमाले र उपाध्यक्ष माओवादी केन्द्रले लिने गरी तालमेल गर्ने सहमति भएको हो । उम्मेदवार फिर्ताको आज अन्तिम दिन दुवै पार्टीका उम्मेदवारले मनोनयन फिर्ता लिएर तालमेल गर्ने सहमति भएको हो । उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो ।

उक्त निर्णयअनुसार गाउँपालिकाको अध्यक्षमा एमालेका टपिन्द्र तिमल्सिनाको उम्मेदवारी कायम रहनेछ भने उपाध्यक्षमा माओवादी केन्द्रकी दुर्गा थापाको उम्मेदवारी कायम रहने छ । माओवादी केन्द्रबाट पालिका अध्यक्ष पदमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले मनोनयन फिर्ता गर्ने छिन् भने उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी एमालेकी मञ्जु नेपालले पनि मनोनयन फिर्ता लिने सहमति भएको छ ।

नेपाली काँग्रेसबाट सुनकोशी गाउँपालिका अध्यक्षमा श्रवणकुमार ९विनोद० जि।सी र उपाध्यक्षमा कान्छीमाया तामाङ उम्मेदवार रहेका छन् । २०७४ सालको निर्वाचनमा सो गाउँपालिका अध्यक्षमा काँग्रेसका श्रवणकुमार जिसी र उपाध्यक्षमा लक्ष्मी पौडेलले जितेका थिए । पालिका प्रमुखमा जिसीले एमालेका शिव न्यौपानेलाई ४१६ मतान्तरले पराजित गरेका थिए । जिसीले ४ हजार ३१६ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डपथको काम जाति-जातिका बीचमा भिडन्त बढाउने रहेको बताएका छन् । 

काठमाडौँ, १९ चैत । पछिल्लो २४ घण्टामा थप ३८ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यबारे जानकारी लिएका

काठमाडौँ, १९ चैत । आजको प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।   प्रत्यक्ष प्रसारण (LIVE):