काठमाडौँ, १६ बैशाख । मोटरसाइकलसँग ठोक्किएर कार पल्टिँदा तीनजना घाइते भएका छन् ।
प्रहरीका अनुसर रुपन्देहीको बुटवल उपमहानगरपालिका १३ बेलबासमा हिजो साँझ मोटरसाइकललाई ठक्कर दिएर कार पल्टिँदा कार चालक २६ वर्षीय दीपेन्द्र चौलागाईं, कारमा सवार बुटवल उपमहानगरपालिका १३ का ३५ वर्षीय रोशन सुबेदी र मोटरसाइकल चालक पाल्पाको रम्बा गाउँपालिका ४ का ५४ वर्षीय यम बहादुर डिसा घाइते भएका हुन् ।
घाइतेमध्ये कार चालक र कारमा सवार गरी दुईजनाको अवस्था गम्भीर रहेको छ । घाइते तीनै जनालाई उपचारका लागी बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । बा ५४ प ९८ ५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर बा १८ च ७४ ६८ नम्बरको कार पल्टिएको प्रहरी चौकी नयाँगाउले जनाएको छ ।