पदोन्नति भएका सशस्त्रका ७२ डिएसपीलाई दर्ज्यानी चिह्न

काठमाडौँ, १६ बैशाख । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)मा पदोन्नति भएका ७२ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको यही वैशाख १५ गतेको निर्णयले उहाँहरू डिएसपीमा पदोन्नति हुनुभएको छ । महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी नायब उपरीक्षकलाई बधाई दिँदै कार्य सफलताको शुभकामना दिनुभयो । उहाँले सङ्गठनमा रहेर उहाँहरूले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मूल्याङ्कनस्वरूप पदोन्नति प्राप्त भएको उल्लेख गर्नुभयो ।

महानिरीक्षक केसीले पदोन्नति वृत्ति विकासको महत्त्वपूर्ण पाटोको रूपमा रहेको चर्चा गर्दै जिम्मेवारीका क्षेत्रमा परिचालन हुँदा अझै बढी अनुशासित, लगनशील र इमानदारीपूर्वक राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध हुन पनि निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ चैत । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअप भएको छ ।  अभिनेत्री सृष्टिले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट सौगातको

काठमाडौँ, १५ चैत । यशराज फिल्म्सको महत्वाकांक्षी फिल्म बताइएको ‘टाइगर भर्सेस पठान’को छायांकन आगामी वर्षको जनवरीदेखि सुरु हुने भएको छ

काठमाडौँ, १३ चैत । अभिनेता सरोज खनालले नेपाली रंगमञ्चको स्थिति दयनीय रहेको बताउँदै यसमा सघाउन सरकारलाई आग्रह गरेका छन् ।

काठमाडौँ, १३ चैत । गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । कुटपिटको आरोपमा एक व्यक्तिले उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा