मकालु गाउँपालिकाका अध्यक्ष पोख्रेलद्वारा एमाले परित्याग

खाँदबारी, १५ बैशाख । संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा एमाले परित्याग गर्नुभएको छ ।

पोख्रेलले बिहीबार एक विज्ञप्ति जारी गर्दे एमाले परित्याग गरेको घोषणा गर्नुभयो । पोख्रेल नेकपा एमाले संखुवासभाका जिल्ला कमिटी सदस्यसमेत हुनुहुन्थ्यो भने उहाँ गत २०७६ को उपनिर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पोख्रेलले मकालु गाउँपालिकाबाट पुनः अध्यक्षको उम्मेदवारीको दाबी गर्नुभएको थियो । तर, एमालेले उम्मेदवार नबनाएपछि उहाँले पार्टी परित्याग गर्नुभयो ।

पार्टीका नेताहरुको गुटगत निर्णयले आफ्नो योगदानको अवमुल्यन भएका कारण एमाले पार्टी परित्याग गरेको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभयो । एमालेमा बसेर राजनैतिक जीवन विताउन असहज भएको अध्यक्ष पोख्रेलको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रामेछाप, १९ चैत । खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट) मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हुँदा एक

लुम्बिनी, १९ चैत । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व बौद्ध सम्मेलन आयोजनाको तयारी सुरु भएको छ । आगामी अक्टोबरमा लुम्बिनीमा विश्व

काठमाडौँ, १९ चैत । धनकुटाको शहीदभूमि गाउँपालिका–३ पातालडाँडाकी रोमादेवी राईलाई दैनिक दुई सय लिटर पानी चाहिन्छ । उहाँले त्यति पानी घरदेखि

काठमाडौँ, १९ चैत । सरकारले पदयात्राका लागि मुलुकका १४ ओटा क्षेत्रका विभिन्न रूट तोकेर ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई