काठमाडौँ, १५ बैशाख । ललितपुरबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार बारबर्दिया नगरपालिका-१ जमुनिया घर भई काठमाडौँ महानगरपालिका-३१ नयाँ बानेश्वर बस्दै आएका ३४ दिनेशभक्त वलीलाई पक्राउ गरेको हो । वलीले पीडितलाई विभिन्न बैंकको चेक काटेर दिएका थिए । उक्त चेक बाउन्स भएपछि पीडितले जाहेरी दिएका थिए ।
प्रहरीले उनलाई बिहीबार ग्वार्कोबाट पक्राउ गरेको हो । गत फागुन १६ र १७ गतेको उच्च अदालत पाटनले बैंकिङ कसूरका मुद्दामा १२ दिन कैद र २४ लाख ६५ हजार ४३४ रुपैयाँ जरिवाना फैसला तोकेको थियो । उक्त फैसलापछि वली फरार थिए । प्रहरीले फैसला कार्यान्वयनको लागि वलीलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेको जनाएको छ।