काठमाडौँकी मेयरकी उम्मेदवार सिंहका ७ संकल्प

काठमाडौँ, १५ बैशाख । सत्तागठबन्धनबाट काठमाडौँ महानगरको मेयर उम्मेदवार नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले संकल्प पत्र सार्वजनिक गरेकी छन । बिहीबार सिंहले आफ्नो ७ संकल्प सार्वजनिक गरेकी हुन ।

सार्वजनिक ७ संकल्पहरु:

१. सेवा र सुशासन
– महानगरलाई विधिको शासन, नियम, कानुन भित्र रही चलाउने संकल्प गर्दछु ।
– भ्रष्ट्राचार मुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृस्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्नेछु ।
– संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसंग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्नेछु ।

२. स्वास्थ्य, शिक्षा, तथा सामाजिक सुरक्षा
– शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुंचयुक्त बनाउनेछु ।
– महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरुमा रोकथाम, परिक्षण, उपचार र पुनस्र्थापना सहितको ‘शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र’ को स्थापना र विशेषज्ञ सेवासहितको महानगरिय अस्पतालको सञ्चालन गर्नेछु ।
– ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउनेछु ।

३. स्वच्छ, सफा, दिगो पर्यावरण
– पिउन योग्य पानी, श्वाश फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्नेछु ।
– सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहाः, फल्चाः आदिको संरक्षण, पुनर्स्थापना तथा विस्तार गर्नेछु ।

४. सुरक्षित सहर
– महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण गर्नेछु ।
– विपत थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माणको लागि काम गर्नेछु ।

५. संस्कृति, सम्पदा, र सभ्यता
– मौलिक ज्ञान, भाषा, जात्रा, बाजा–गाजा, चाड–पर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा सम्वर्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसंग जोड्नेछु ।
– गुठी प्रणालीको प्रवर्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिवद्ध रही कार्य गर्नेछु ।

६. सबल र समुन्नत पुर्वाधार
– सहज रुपमा हिंडडुल गर्ने पुर्वाधारको निर्माण गरि पैदलयात्री केन्द्रित सहरका रुपमा महानगरलाई विकास गर्नेछु ।
– महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रबिधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्नेछु ।
– महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण पुर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रूपमा समयमै सम्पन्न गर्ने तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरि संस्थागत क्षमताको विकास गर्नेछु ।

७. सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासी
– युवाका लागि अवसर, महिलाको सशक्तिकरण र सम्पूर्ण महानगरवासीको सृजनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी लिनेछु ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डपथको काम जाति-जातिका बीचमा भिडन्त बढाउने रहेको बताएका छन् । 

काठमाडौँ, १९ चैत । पछिल्लो २४ घण्टामा थप ३८ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यबारे जानकारी लिएका

काठमाडौँ, १९ चैत । आजको प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।   प्रत्यक्ष प्रसारण (LIVE):