गृहमन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार

काठमाडौँ, १५ बैशाख । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने भएका छन् ।

पौडेललाई भेट्न गृहमन्त्री खाँण भरतपुर(७ स्थित पौडेल निवास पुगेका थिए । गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा पौडेलले उम्मेदवारी फिर्ता लिन खाँणले गरेको आग्रह अस्वीकार गरेका हुन् ।

गृहमन्त्रीसँगको भेटमा आफूले उम्मेदवारी फिर्ता लिन नसक्ने कुरा स्पष्ट रूपमा बताएको पौडेलले बताए । आफूले दिएको उम्मेदवारी चितवनवासीको लोकतन्त्र र आफ्नो पार्टीलाई बचाउनका लागि सञ्चालन गरेको अभियानसँग मात्रै सम्बन्धित रहेको भन्दै उनले केन्द्रीय गठबन्धनसँग सम्बन्धित नरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । पछिल्लो २४ घण्टामा थप ३ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या ११ लाख

काठमाडौँ, १७ जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १५ सय

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।   प्रधानमन्त्री

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति