५० मिटर अग्लो पर्खालबाट हाम्फल्दा एक महिलाको मृत्यु

भक्तपुर, १५ बैशाख । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ५ कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालमा चढेर हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको मृत्यु भएको छ । उनीसँगै हामफालेका उनका ४९ वर्षीय छोरा मातुराम तिमिल्सिना घाइते भएका छन् ।

गएराति करिब साढे १० बजेतिर आमा-छोरा पर्खालमा चढेर हामफालेका थिए । उनका छोरा मातुरामको मध्यपुर अस्पतालमा प्राथमिक उपचारपछि बीर अस्पतालमा थप उपचार भइरहेको छ ।

मोरङको सुन्दर हरैचा नगरपालिका वडा नं. ९ बिराटचोक घर भएका उनीहरु कमेरेटारमा डेरा गरी बस्दथे । उनीहरु दुवैजना डिप्रेशनको बिरामी रहेको र लामो समयदेखि औषधी सेवन गर्दै आइरहेको भन्ने बुझिन आएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक आह्वान गरेका छन् । उपाध्यक्ष युवराज ज्ञवालीका

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको

काठमाडौँ, १७ जेठ । सार्वजनिक खरिद अनुमगन कार्यालयले २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकामा कलेज अफ