काठमाडौँ, १५ बैशाख । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिनुभएको छ ।
अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले बुधबार राजीनामा पत्र बुझाउनुभयो । उहाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको हो । पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा हुनुहुन्थ्यो ।
राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताउनुभएको थियो । चाबहिलका पौडेल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत हुनुभएको थियो । अध्यक्ष थापाले पौडेललाई गत फागुन १८ गते उपाध्यक्ष मनोनीत गर्नुभएको थियो ।