९ जना जुवाडे पक्राउ

कास्की, १५ बैशाख । पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोटबाट ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार १ लाख २४ हजार ७ सय ३० रुपैयाँसहित पोखरा २ अर्चलबोटका रामबहादुर पुन, चक्र पुर्जा, पोखरा १५ रामबजारकी स्वस्तिका पुन, पोखरा १९ का मनोज पुन, उमेश मगर, टेकबहादुर गर्बुजा, पोखरा ११ की दिपा पुन, पोखरा २५ हेम्जाका शिवप्रसाद सापकोटा र पोखरा १८ सराङकोटका कृष्ण थापालाई पक्राउ गरेको हो ।

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ८ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मुस्ताङ, १७ जेठ । घरपझोङ गाउँपालिका–४ काठेपुलस्थित स्याङ्जा बिरुवा गाउँपालिका–४ घर भएका कुलमान सिंह थापाको हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा

सिन्धुली, १७ जेठ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । प्रहरीका अनुसार

चितवन, १७ जेठ । उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उनी बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका

काठमाडौँ, १७ जेठ । तपाईं बच्चालाई यो या त्यो बहानामा स्मार्ट फोन दैनिक चलाउन दिइरहनु भएको छ ? तपाईंका बच्चा