विपीको शालिकमा माल्यार्पण गर्दै एमाले उम्मेदवारको घरदैलो सुरु

काठमाडौँ, १५ बैशाख । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराएका उम्मेदवारले विपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै घरदैलो अभियानको सुरुवात गरेका छन्।

बुधबार दिउँसो शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा विपीचोकमा रहेको विपी कोइरालाको शालिकमा माल्यर्पण गर्दै एमालेबाट मेयरका उम्मेदवार मुक्ति तिम्लिसिना, उपमेयर फुलमाया वाग्लेको घरदैलो अभियानको सुरुवात गरिएको हो। एमालेबाट शुक्लागण्डकीको १२ वटा वडामा वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिएका अधिकांश सहभागी थिए।

एमालेका उम्मेदवारहरुले सुरुमा बुधबार बिहान शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलामा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल ढोरबाराही मन्दिरमा पूजा अर्चना गर्दै आर्शिवाद लिए। ढोरबाराही मन्दिरको प्राङगणमा बसेर उम्मेदवारहरुले बोलेका कुरा पूरा गर्ने वाचा समेत गरे।

त्यसपछि शुक्लागण्डकी–८ पाटनमा रहेको शहिद कृष्णप्रसाद पौडेलको शालिकमा माल्यार्पण गर्दै शहिदको बलिदानीको प्रशंसा गर्दैै शहिदको सपना साकार पार्ने प्रण गरे। २०४६ सालको जनआन्दोलनमा शहादत प्राप्त गरेका शहीद कृष्णप्रसाद पौडेलको श्रीमतिलाई भेट्दै उम्मेदवारहरुले जितका लागि आर्शिवाद लिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)