चीनको तेस्रो विमानवाहक भेसलको योजना रोकियो

एजेन्सी, १५ बैशाख । सांघाईमा कोरोनाभाइरसको तेश्रो लहरको लकडाउनले चीनको विमानवाहक भेसल निर्माणको योजनाहरुलाई सुस्त बनाएको छ र देशको तेस्रो विमान वाहकको योजनालाई असर गर्न सक्छ, स्रोतहरूले बताएका छन् ।

पिपुल्स लिबरेशन आर्मी नेवीले अप्रिल २३ मा नौसेनाको ७३ औं वार्षिकोत्सवको वरिपरि नयाँ क्यारियर प्रक्षेपण गर्ने अपेक्षा गरिएको थियो। ‘तर योजना ढिलाइ हुने भएको हो किनकि सांघाईमा व्यापक महामारीले केही प्रमुख कम्पोनेन्टहरूमा ढिलाइ भएको छ,’ एक स्रोतले आफ्नो परिचय गोप्य राख्ने शर्तमा बताएको खबर छ । साघांईको चालु लकडाउन र महामारी प्रकोपका कारण जहाज निर्माणकर्ताका कर्मचारीहरू पनि कोरोनाभाइरससँग लड्न पुनस् परिचालन गरिएको खबर छ । यद्धपी चीन सरकारले भने साँघाईको मानविय क्राइसिसलाई विश्वसामु सकेसम्म लुकाउन खोजेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, १३ जेठ । कोन्ज्योसोम गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा शून्य बेरुजु कायम भएको

काठमाडौँ, १३ जेठ । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । सर्वोच्च

काठमाडौँ, १३ जेठ । महालेखापरीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । महालेखा परीक्षक तोयम

काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् ।  आज काठमाडौँमा