आजको मौसम

काठमाडौँ, १५ बैशाख । नेपालमा पछिल्लो केही समययता स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ । 

वाग्मती प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानमा र गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहनेछ । गण्डकी प्रदेश र प्रदेश– १को उच्च पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ चैत । इजरायलले शनिबार मध्यरातपछि मध्य सिरियाली प्रान्त होम्समा रहेका सैन्य स्थलमा मिसाइल आक्रमण गरेको सरकारी टिभीले जनाएको

एजेन्सी, १८ चैत । मध्य अमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौँ घाइते

एजेन्सी, १७ चैत । दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले प्रहरीलाई

एजेन्सी, १७ चैत । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका छन् । पक्राउ परेका एभन ग्रेस्क्राेभीचलाई