माओवादीलाई लाग्यो झड्काः प्रदेश कमिटी सदस्यद्वारा पार्टी परित्याग

रौतहट, १४ बैशाख । नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य सुधीर यादवसहितका कार्यकर्ताले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

रौतहटको गरुडामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उहाँहरूले पार्टी परित्यागको घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा २०५९ सालदेखि माओवादी प्रदेश कमिटीमा रहेको तर नेतृत्वको स्वार्थको कारण पार्टीले सम्पूर्ण सिद्धान्त छोडेको यादवले गुनासो गर्नुभयो । माओवादीको रणनीतिक उद्देश्य भनेको समाजवाद, साम्यवाद स्थापना नभएसम्म हतियार फाल्नु पर्ने अवस्था सिर्जना नहुने उल्लेख गर्दै उहाँले अध्यक्ष प्रचण्डको कारण हतियार फालिएको आरोप लगाउनुभयो ।

माओवादी जनयुद्धको उपलब्धि शून्य भएको जिकिर गर्दै उहाँले माओवादी पार्टीको उद्देश्य अनुसार निर्वाचन प्रणाली अनुकूल नभएको बताउनुभयो । यही बुर्जुवा निर्वाचन प्रणालीमा अध्यक्ष प्रचण्ड रुमली रहेको जिकिर गर्दै उहाँले अब स्वतन्त्र वामपन्थीको रूपमा जीवन बिताउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ चैत । इजरायलले शनिबार मध्यरातपछि मध्य सिरियाली प्रान्त होम्समा रहेका सैन्य स्थलमा मिसाइल आक्रमण गरेको सरकारी टिभीले जनाएको

एजेन्सी, १८ चैत । मध्य अमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौँ घाइते

एजेन्सी, १७ चैत । दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले प्रहरीलाई

एजेन्सी, १७ चैत । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका छन् । पक्राउ परेका एभन ग्रेस्क्राेभीचलाई