मुग्लिनमा टिपर, बस र कार ठोक्किँदा २८ जना घाइते

काठमाडौँ, १४ बैशाख । मुग्लिन नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी जंगलमा टिपर, बस र कार आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना ७ ख २३०० नम्बरको टिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग १ ख ९३०३ नम्बरको यात्रुबाहक बस र बीएए ०६८४  नम्बरको कार आज दिउँसो करिब ३ बजेको समयमा आपसमा ठोक्किएका हुन् ।

उक्त दुर्घटनामा परी बस र कारमा सवार २८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये भरतपुर अस्पतालमा पाँच जना, पुरानो मेडिकल कलेजमा १८ जना र नयाँ मेडिकल कलेजमा पाँच जनाको उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ चैत । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअप भएको छ ।  अभिनेत्री सृष्टिले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट सौगातको

काठमाडौँ, १५ चैत । यशराज फिल्म्सको महत्वाकांक्षी फिल्म बताइएको ‘टाइगर भर्सेस पठान’को छायांकन आगामी वर्षको जनवरीदेखि सुरु हुने भएको छ

काठमाडौँ, १३ चैत । अभिनेता सरोज खनालले नेपाली रंगमञ्चको स्थिति दयनीय रहेको बताउँदै यसमा सघाउन सरकारलाई आग्रह गरेका छन् ।

काठमाडौँ, १३ चैत । गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । कुटपिटको आरोपमा एक व्यक्तिले उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा