निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवासमा धर्ना दिने

काठमाडौँ, १४ बैशाख । नेपाल निर्माण व्यवसायी महासंघले बिहिबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ ।

एक घण्टे धर्ना कार्यक्रम विहान ९ देखि १० बजेसम्म सकिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिनुभयो । वैशाख ८ गतेदेखि महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय ९पीपीएमओ० मा एक घण्टा धर्ना दिँदै आएकोमा भोलिबाट धर्नास्थल परिवर्तन गर्न लागिएको हो । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बुधवार पनि ११ देखि १२ बजेसम्म पीपीएमओ कार्यालय अगाडि धर्ना दिएको थियो ।

आन्दोलनको कार्यक्रम अन्र्तगत ७७ जिल्ला संघहरूले जिल्ला प्रशासन कार्यालयमा र सातवटै प्रदेश महासंघहरुले प्रदेश प्रमुखको कार्यालयमा एक घण्टा धर्ना दिएका छन् । व्यवसायीहरूका मागका विषयमा प्रधानमन्त्री, मन्त्रीहरु, मुख्य सचिव, सचिवहरु लगायतलाई समयमा नै अवगत गराइएपनि सम्बोधन नभएकाले बाध्य भएर आन्दोलन गर्नु परेको महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो ।

महासंघले निर्माण सामाग्रीहरुमा भएको अत्यधिक मूल्यवृद्धिको सम्बोधन नभएसम्म वा मूल्यवृद्धि सामान्य अवस्था नभएसम्मको अवधिलाई वैशाख ११ गतेदेखि (आइतबार) लागू हुने गरी कन्स्ट्रक्शन होलिडे मानिने स्पष्ट पारेको छ । अप्रत्यासित रुपमा मूल्य वृद्धि हुँदा मूल्यवृद्धिलाई सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन–नम्बर १ जारी गरी निर्माणकार्य सुचारु गरेको नजिर भएको र सोही नजिर अनुसार यस पटक पनि मूल्य समायोजन मार्गदर्शन– नम्बर २ जारी हुनुपर्ने माग महासंघले अघि सारेको छ । कन्स्ट्रक्शन होलिडेको अवधिमा पनि अत्यावश्यक निर्माण कार्यलाई भने नरोकिने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित  हुने जानकारी दिएका छन् । उनले भने,

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।   प्रधानमन्त्री

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको

काठमाडौँ, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको