सुर्खेत, १४ बैशाख । अवैध चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अन्सुअर आज बिहान वीरेन्द्रनगरको बसपार्कस्थित सुनिता होटेल एण्ड लजबाट जुम्लाको सिंजा गाउँपालिका–८ घर भइ हाल वीरेन्द्रनगर–१२ बस्दै आएका ४० वर्षीया दलबहादुर बुढा, वडा नं.– १४ बस्ने ४१ बर्षीया भरतबहादुर बुढा र २३ वर्षीया अमरबहादुर थापालाई पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा फेला परेका उनीहरुको शरीर र होटलको कोठामा खानतलासी गर्दा टाउकोदेखि पुच्छरसम्म ९ फिट लम्बाई भएको चितुवाको छाला भेटिएको प्रहरीले जनाएको छ । कारबाहीका लागि उनीहरुलाई डिभिजन वन कार्यालयमा पठाइएको छ ।