भारतको तमिलनाडूमा करेन्ट लाग्दा ११ जनाको मृत्यु

एजेन्सी, १४ बैशाख । भारतको तमिलनाडुमा करेन्ट लाग्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्  ।

तञ्जावुर जिल्लामा एउटा मन्दिरको रथयात्राका क्रममा हाईभोल्टेजको तारमा ठोक्किँदा ११ जनाको मृत्यु भएको र १५ जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

तञ्जावुरको कालिमेदुको मन्दिरमा ९४औँ माथिल्लो गुरुपूजा पर्व मनाइँदैछ । त्यसमा सहभागी हुन गएरातिदेखि दर्शनार्थीको भीड लागेको थियो । घटनाको अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाका परिवारलाई २–२ लाख र घाइतेहरुलाई ५० –५० हजार भारतीय रुपैयाँ दिने बताउनु भएको छ । यस्तै, तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ज्यान गुमाएकाका परिवारलाई ५–५  लाख भारतीय रुपैयाँ दिने बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ चैत । इजरायलले शनिबार मध्यरातपछि मध्य सिरियाली प्रान्त होम्समा रहेका सैन्य स्थलमा मिसाइल आक्रमण गरेको सरकारी टिभीले जनाएको

एजेन्सी, १८ चैत । मध्य अमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौँ घाइते

एजेन्सी, १७ चैत । दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले प्रहरीलाई

एजेन्सी, १७ चैत । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका छन् । पक्राउ परेका एभन ग्रेस्क्राेभीचलाई