काठमाडौँ, १४ बैशाख । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एकजनलाई पक्राउ गरेको छ ।
ट्राफिक प्रहरीको टोलीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल काठमाडौँको लोलाङ बस्ने २६ वर्षीय सुदास लामालाई मोटरसाइकलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका लामालाई थप कारबाहीका लागि प्रहरी परिसर जावलाखेलमा पठाइएको महाशाखाले जनाएको छ ।