चार सय तोला सुन चोरी

बुटवल, १४ बैशाख । बुटवलमा सटर फोरेर करिब चार सय तोला सुन चोरी भएको छ ।

उक्त घटना सोमबार रातिको रहेको सुनचाँदी व्यवसायीहरूले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

सुनचाँदी व्यवसायी संघका अनुसार बुटवलको बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट ३६० तोला बराबरको सुनका गरगहना तथा २३ तोला काँचो सुन चोरी भएको हो । सुनसँगै नगद पाँच लाख रूपैयाँसमेत चोरी भएको जनाएको छ ।

सुनचाँदी पसल भएको घर भाडामा लिएर केही व्यक्तिहरूले पसल राख्नको लागि भन्दै डेकोरेसनको काम थालेका थिए । प्रहरीले घटनामा उनीहरूको संलग्नता भएको आशंकामा अनुसन्धान सुरु गरेको छ । उक्त घर योगेन्द्र अग्रहरीको हो । भारतीय नागरिकहरूले पसल राख्नका लागि भन्दै घर भाडामा लिएर डेकोरेसन लगायतको काम सुरु गरेका बेला सुन पसल चोरी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डपथको काम जाति-जातिका बीचमा भिडन्त बढाउने रहेको बताएका छन् । 

काठमाडौँ, १९ चैत । पछिल्लो २४ घण्टामा थप ३८ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यबारे जानकारी लिएका

काठमाडौँ, १९ चैत । आजको प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।   प्रत्यक्ष प्रसारण (LIVE):