सरकारद्वारा १० प्रकारका सामान नेपाल भित्र्याउन बन्देज (सूचीसहित)

काठमाडौँ, १४ बैशाख । सरकारले १० प्रकारका सामानहरु असार मसान्तसम्मका लागि नेपाल भित्र्याउने रोक लगाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिरा
३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)
४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)
५. मोबाइल सेट
६. रंगीन टेलिभिजन ९३२ इञ्चभन्दा माथिका०
७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)
८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौनाहरु
१०. खेल्ने तास
मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सिन्धुपाल्चोक, १२ जेठ । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । गएराति खाडीचौर बचत तथा

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकामा आजबाट तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । काठमाडौँ महानगरपालिकाले खोप

काठमाडौँ, १२ जेठ । काठमाडौँबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँ नागार्जुन नगरपालिका १० स्युचाटार

दैलेख, १२ जेठ । दैलेखमा बस दुर्घटना हुदा मृत्यु हुने चारै जनाकाे सनाखत भएको छ । प्रहरीका अनुसार कालिकोटबाट सुर्खेतका लागि छुटेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021