कुवेतमा एक नेपाली महिलाको मृत्यु

काठमाडौँ, १४ वैशाख । रोजगारीका लागि घरेलु कामदारको रूपमा कुवेत पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ ।

झापा गरामनी ९ घर भएकी ४४ बर्षीय यदु गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । पछिल्लो पटक एक्कासी पेट दुख्यो भनेर त्यहाँको जाहारास्थित जाहारा हस्पिटलमा उपचारको लागि पुगेकी गुरुङलाई लिभर क्यान्सर भएको भन्दै जाहारा हस्पिटलले अमिरी हस्पिटलमा रिफर गरिदिएको थियो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अनुसार मृतक गुरुङ एक महिनादेखि कलेजो क्यान्सर (लिभर क्यान्सर) को उपचाररत थिइन्। उनको उपचारकै क्रममा अमिरी हस्पिटलमा मंगलबार बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ चैत । इजरायलले शनिबार मध्यरातपछि मध्य सिरियाली प्रान्त होम्समा रहेका सैन्य स्थलमा मिसाइल आक्रमण गरेको सरकारी टिभीले जनाएको

एजेन्सी, १८ चैत । मध्य अमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौँ घाइते

एजेन्सी, १७ चैत । दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले प्रहरीलाई

एजेन्सी, १७ चैत । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका छन् । पक्राउ परेका एभन ग्रेस्क्राेभीचलाई