आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन

काठमाडौँ, १४ बैशाख । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ ।

आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिनुभयो । आज र भोलि  छानबिन गरेर आयोगले निर्णय पनि लिनेछ । आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ । निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । 

आयोगका अनुसार ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचन सो संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।  प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ । यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वड सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ चैत । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअप भएको छ ।  अभिनेत्री सृष्टिले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट सौगातको

काठमाडौँ, १५ चैत । यशराज फिल्म्सको महत्वाकांक्षी फिल्म बताइएको ‘टाइगर भर्सेस पठान’को छायांकन आगामी वर्षको जनवरीदेखि सुरु हुने भएको छ

काठमाडौँ, १३ चैत । अभिनेता सरोज खनालले नेपाली रंगमञ्चको स्थिति दयनीय रहेको बताउँदै यसमा सघाउन सरकारलाई आग्रह गरेका छन् ।

काठमाडौँ, १३ चैत । गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । कुटपिटको आरोपमा एक व्यक्तिले उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा